Saturday, July 1, 2017

आवधिक कर्जा (TERM LOAN ) सम्बन्धी व्यवस्था

(१) किस्तावन्दीमा प्रवाह गरिएका आवधिक कर्जाहरु TERM LOAN को हकमा साँवाको किस्ताले भाखा नाघेमा सम्पूर्ण वक्यौता कर्जा रकमलाई नै किस्ता रकमको भाखा नाघेको अवधिको आधारमा वर्गीकरणगर्नु पर्नेछ । तर, अधिविकर्ष (OVERDRAFT) को कारोबार गर्ने सुविधा नपाएका इजाजतपत्रप्राप्त संस्थाहरुले प्रदान गरेको आवधिक कर्जाको हकमा देहाय बमोजिम कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्नेछ । 

     (क) किस्ता रकमले १ वर्षभन्दा कम अवधिले भाखा नाघेको अवस्थामा त्यस्तो किस्ता रकमलाई मात्र खराव कर्जामा वर्गीकरणगरी कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्नेछ । तर, इजाजतपत्रप्राप्त संस्थाले सम्पूर्ण कर्जा रकमलाई नै खराव कर्जामा वर्गीकरणगर्न चाहेमा यो व्यवस्थाले बाधा पुगेको मानिने छैन । 
    (ख) किस्ता रकमले १ वर्षभन्दा वढी अवधिले भाखा नाघेको अवस्थामा सम्पूर्ण कर्जा रकमलाई नै खराव कर्जामा वर्गीकरणगरी कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्नेछ ।

(२) जलविद्युत परियोजना, विद्युत प्रसारण लाइन (TRANSMISSION LINE) र केवलकार निर्माण परियोजना कर्जाको हकमा कुनै किस्ताले ९० दिनभन्दा बढीले भाखा नाघेमा त्यस्तो किस्ता रकमलाई खराव वर्गमा वर्गीकरणगरी किस्ताको शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नु पर्नेछ ।

टिप्पणीः यस दफाको प्रयोजनका लागि “आवधिक कर्जा” भन्नाले एक वर्षभन्दा बढी भुक्तानी अवधि कायम गरी प्रवाह गरिएको कर्जा सापटलाई सम्झनु पर्दछ ।

No comments:

Post a Comment