Saturday, July 1, 2017

कर्जाको पुनरतालिकीकर र पुनरसंरचना सम्बन्धी व्यवस्था

(१) ऋणीले पेश गरेको लिखित कार्य योजनामा उल्लिखित देहायका आधारहरुमा इजाजतपत्रप्राप्त संस्था विश्वस्त भएमा कर्जाहरुलाई पुनरतालिकीकरण वा पुनरसंरचना गर्न सक्ने छ । कर्जा पुनरतालिकीकरण वा पुनरसंरचना गरिएका स्पष्ट आधारहरु प्रत्येक कर्जा फाइलमा संलग्न हुनु पर्नेछ :

         (क) कर्जा सम्बन्धी कागजात तथा सुरक्षणहरु पर्याप्त भएको प्रमाण, 

     (ख) पुनरतालिकीकरण वा पुनरसंरचना भएका कर्जा असुल हुने सम्भावनाबारे इजाजतपत्रप्राप्त संस्था विश्वसनीय भएको आधारहरु, र 

      (ग) कर्जालाई पुनरतालिकीकरण वा पुनरसंरचना गर्न लिखित कार्य योजना पेश हुनुका अतिरिक्त त्यस्तो कर्जा पुनरतालिकीकरण वा पुनरसंरचना गर्दाको दिनसम्म पाकेको ब्याजमध्ये असुल हुन बाँकी ब्याजको कम्तीमा पच्चीस प्रतिशत ब्याज रकम असुलउपर भएको । 

(२) नेपाल सरकारले नेपाल राजपत्रमा प्रकाशित रुग्ण उद्योगको पुनस्र्थापना तथा उपयुक्त निकासको लागि यस बैंकले जारी गरेको रुग्ण उद्योगका सम्बन्धमा वित्तीय क्षेत्रबाट हुनसक्ने सुविधा सम्बन्धी कार्यबिधि, २०७० (कार्यविधि –२.१) बमोजिम हुने गरी कर्जा पुनरतालिकीकरण वा पुनरसंरचना गर्दा न्युनतम पच्चीस प्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नु पर्नेछ । 

(३) उपबुँदा (१) र (२) बमोजिम वर्गीकरणगरिएका कर्जाहरुको विवरण छुट्टै तयार गर्नु पर्नेछ ।

टिप्पणीः 
  • यस प्रयोजनको लागि “पुनरतालिकीकरण” भन्नाले ग्राहकले लिएको कर्जा/सुविधाको भुक्तानी गर्ने अवधि/समय बढाउने प्रक्रियालाई सम्झनु पर्छ । 
  • “पुनरसंरचना” भन्नाले कर्जा/सुविधाको प्रकृति वा शर्तमा परिवर्तन गर्ने, बन्देजहरु थपघट गर्ने वा समय सीमामा हेरफेर गर्ने प्रक्रियालाई सम्झनु पर्छ ।

No comments:

Post a Comment