The Banker Awards
सि.एन.एन हिरो (CNN)
Financial Times नामक दैनिक पत्रिकाले प्रतेक देशहरुका बैंकहरुमा सर्वोत्कृट बैंक छानी प्रदान गर्ने अवार्डलाई ‘The Banker's Bank of the year’ भनिन्छ । यो अवार्ड बार्षिक रुपमा दिइन्छ । बैंकहरुको बार्षिक कारोबारलाई आधार बनाएर यो अवार्ड प्रदान गरिन्छ । २०१६ मा यो अवार्ड नेपाल इन्भेस्टमेन्ट बैंकले पाएको थियो । लण्डनमा सम्पन्न उक्त अवार्ड सहित एन.इ.बीले पाँच वटा बैंक अफ द इयरको अवार्ड पाइसकेको छ ।२०१३ यता The Bank of the Year को अवार्ड जित्ने नेपाली बैंकहरु:
वर्ष | बैंकको नाम |
२०१६ | नेपाल इनभेष्टमेन्ट बैंक |
२०१५ | स्टानडर्ड चार्टर बैंक |
२०१४ | ग्लोबल आइ.एम.ई बैंक |
२०१३ | एन.आई.सि एशिया |
सि.एन.एन हिरो (CNN)
सिएनएन हिरो विश्वका उत्कृष्ट व्यक्तिहरूलाई दिइने सम्मान हो । (Cable News Network) CNN नामक टेलिभिजन संस्था प्रदान गर्ने यो पुरस्कार सन् २००७ देखि सुरु भएको हो । प्रतेक वर्ष दिइने यस पुरस्कारको धन रासि १ लाख अमेरिकी डलर रहेका छ । अनुराधा कोइराला, पुष्पा बस्नेत नेपालबाट सिएनएन हिरो बनिसकेका छन् । सन् २०१० की सिएनएन हिरो अनुराधा कोइराला हुन भने सन् २०१२ र २०१६ की सिएनएन हिरो (CNN Super HERO)पुष्पा बस्नेत हुन् । कोलम्बियाका Jeison Aristizábal २०१६ का सिएनएन हिरो पुरस्कारको विजेता हुन् ।
रमन म्यागासेसे पुरस्कार (Raman Myagasaysay)
फिलिपिन्सका पूर्व राष्ट्रपति रामन म्यागासेसेका नाममा दिइने यो पुरस्कार त्यस्ता व्यक्तिलाई प्रदान गरिन्छ जो आदर्शवादी, समाजसेवी एवम् निस्वार्थ भावनामा जनहित कार्यमा लागेका हुन्छन् । फिलिपिन्स सरकारको सहकार्यमा ‘Rockefeller Brothers FundÚ’ नामक संस्थाले प्रदान गर्ने यस पुरस्कारका विभिन्न ६ विधामा दिइन्छ । नेपालका महाविर पुनले (सन् २००७) CL विधामा, महेशचन्द्र रेग्मी (सन् १९७७) र भरत कोइरालाले (सन् २००२) JLCCA मा र सन्दुक रुइतले (सन् २००६) PIU मा यो पुरस्कार जितिसकेका छन् ।
EL=Emergent Leadership
GS=Government Service
PS=Public Service
CL=Community Leadership
JLCCA=Journalism, Literature and the Creative Communication Arts
PIU=Peace and International Understanding
रमन म्यागासेसे पुरस्कार प्राप्त गर्ने नेपाली व्यक्तित्वहरु:-
म्यागासेसे पुरस्कारपाउने पहिलो नेपाली महेशचन्द्र रेग्मी हुन् ।
महावीर पुन मगरले (Community Leadership) ग्रामीण क्षेत्रमा सुचना प्रविधि पुर्याए वापत सन् २००७ मा प्राप्त गरेका थिए
नोबेल पुरस्कार (Nobel Prize)
नोबेल पुरस्कारको थालनी सन् १९०१ देखि भएको हो । स्वीडेनका वैज्ञानिक अल्फ्रेड नोबेलको नाममा नोबेल फाउण्डेशनले विभिन्न ६ विधामा यो पुरस्कार प्रदान गर्दै आएको छ । अन्तर्राष्ट्रिय स्थरमा प्रदान गरिने यो पुरस्कार शान्ति, साहित्य, भौतिक विज्ञान, रसायन, चिकित्सा विज्ञान र अर्थशास्त्रको क्षेत्रमा दिइने विश्वको सर्वोच्च पुरस्कार हो । संयुक्त राष्ट्र संघ शरणार्थी सम्बन्धी उच्चायोग (UNHCR) ले दुई पटक, अन्तर्राष्ट्रिय रेडक्रसले तीन पटक यो पुरस्कार (शान्ति विधामा) जितिसकेका छन् । पोल्याण्डकी वैज्ञानिक म्यारी क्यूरीले भौतिक विज्ञानमा एक र रासायनिक विज्ञानमा १ गरि दुबै विधामा नोबेल पुरस्कार जितिसकेकी छन् ।
Category
|
Name
|
Year of Award
|
Physics
|
Wilhelm
Conrad Röntgen
|
1901
|
Chemistry
|
Jacobus
Henricus van't Hoff
|
1901
|
Medicine
|
Emil von
Behring
|
1901
|
Literature
|
Sully
Prudhomme
|
1901
|
Peace
|
Henry Dunant
|
1901
|
Economic
Science
|
Ragnar Frisch
|
1969
|
Jan Tinbergen
|
Source: wikipedia
ओस्कार अवार्ड
ओस्कार पुरस्कार सन् १९२७ मा स्थापना भई १९२९ देखि अमेरिकन ऐकेडेमी फर मोसन पिक्चर्सले प्रदान गर्न थालेको हो । चलचित्र जगतमा सर्वोच्च मानिने यो पुरस्कार प्रत्येक वर्ष उत्कृष्ट चलचित्र, निर्माता, निर्देशक, गायक, गायिका, नायक, नायिका, सङ्गीतकार, पटकथा लेखन, ड्रेस डिजाइनर, छायाङ्कन, निर्देशन आदि विभिन्न विधाहरूमा प्रदान गरिन्छ सर्वप्रथम यो पुरस्कार विजेता चलचित्र "Wings" हो । सर्वप्रथम यो पुरस्कार विजेता चलचित्र "Wings" हो । ओस्कार अवार्डको ८२ वर्षे इतिहासमा पहिलोपटक सन् २०१० मा "द हर्ट लकर" चलचित्रकी महिला निर्देशक क्याथरिक विगेलोले उत्कृष्ट निर्दैशकको अवार्ड जितेकी थिइन ।
सन् १९९९ मा क्याराभान नामक नेपाली चलचित्र ओस्करको Best Foreign Language Film नोमिनेसनमा परेको थियो ।
८९औं ओस्कार अवार्ड– २०१७
- सर्वोत्कृष्ट फिल्म (Best picture): Moonlight - सर्वोत्कृष्ट अभिनेता (Best actor): Casey Affleck, Manchester by the Sea - सर्वोत्कृष्ट अभिनेत्री (Best actress): Emma Stone, La La Land- सर्वोत्कृष्ट निर्देशक (Best director) : Damien Chazelle, La La Land - सर्वोत्कृष्ट सहयोगी अभिनेता (Best supporting actress): Mahershala Ali, Moonlight- सर्वोत्कृष्ट सहयोगी अभिनेत्री (Best supporting actress): Viola Davis, Fences- विदेशी भाषाको सर्वोत्कृष्ट फिल्म (Best foreign language film): Thesalesman- सर्वोत्कृष्ट सर्ट फिल्म, लाइभ एक्सन (Best live action short film): Sing - सर्वोत्कृष्ट डकुमेन्ट्री सर्ट सब्जेक्ट (Best documentary short subject): The White Helmets- सर्वोत्कृष्ट एनिमेटेड फिल्म अवार्ड (Best animated feature film): Zootopia
विश्व सुन्दरी (MISS WORLD)
विश्व सुन्दरी छनोट प्रतियोगिता संसारकै पुरानो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । इरीक मोर्ले (Eric Morley) ले सन् १९५१ मा बेलायतमा यसको उद्घाटन गरे देखि सुरु भएको यस प्रतियोगिताकी पहिलो विश्व सुन्दरी स्वीडेनकी क्रेष्टीन हकान्सन (Kerstin Hakansson) हुन् । र्मोलेको देहान्त पछि उनकी पत्नी जुलीया र्मोले हाल Miss World Organization को अध्यक्ष पदमा छिन् ।
Edition
|
Country
|
Name
|
National Title
|
Location
|
Source: WIKIPEDIA
TIMES वर्ष व्यक्ति (Person of the year)
वर्ष व्यक्ति छान्ने चलनको सुरुवात सन् १९२७ मा Times नामक अमेरिकी पत्रिकले गरेको हो । सन् १९९९ सम्म ‘Man of the year’ भनेर चिनीने यो अवार्डलाई त्यसपछि ‘Person of the year’ भन्न थालीएको हो । प्रतेक वर्ष विश्वभरिकै कोही एक उत्कृष्ट व्यक्ति छानिन्छ । सन् १९२७ मा चाल्स लिण्डवर्गलाई (एट्लान्टिक माथी Nonstop हवाइजहाज चलाउने पहिला व्यक्ति) ‘Person of the year’ घोषणा गरिएको थियो । ९० औँ वर्ष व्यक्ति भने हाल अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प चुनिएका छन् ।
वर्ष (सन्) | व्यक्ति | राष्ट्र |
२०१६ | डोनाल्ड ट्रम्प | अमेरिका |
२०१५ | एन्जेला मर्केट | जर्मनी |
२०१४ | इबोला फाइटर्स ग्रुप | |
२०१३ | पोप फ्रान्सिस् | अर्जेन्टिना |
२०१२ | वाराक ओबामा | अमेरिका |
Source:wikipedia
No comments:
Post a Comment