Saturday, July 1, 2017

निक्षेप राख्न तथा कर्जाको कारोबार गर्ने सम्बन्धमा

१. इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरुले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०६३ बाहेक अन्य प्रचलित कानुन बमोजिम बचत परिचालन तथा कर्जाको कारोबार गरिरहेका संस्थाहरुमा निक्षेप राख्न तथा कर्जाको कारोबार गर्न पाइने छैन । 

२. बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०६३ बाहेक अन्य प्रचलित कानुन बमोजिम बचत परिचालन तथा कर्जाको कारोबार गरिरहेका संस्थाहरुले यस बैंकबाट इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थामा निक्षेप राख्न र निक्षेप रसिदको धितोमा कर्जा लिन उपर्युक्त उपबुँदा १ को व्यवस्थाले बाधा पुग्नेछैन । तर, यसरी निक्षेप रसिदको धितोमा कर्जा दिंदा जुन बैंक/वित्तीय संस्थामा निक्षेप राखेको हो सोही बैंक/वित्तीय संस्थाबाट मात्र त्यस्तो कर्जा प्रदान गर्नु पर्नेछ । आफ्नो निक्षेप रसिद रहेको संस्था बाहेक अन्य बैंक/वित्तीय संस्थाबाट यस अघि प्रवाहित कर्जाको हकमा भुक्तानी मिति (Maturity Date) पश्चात नवीकरण गरी कर्जा प्रवाह गर्न पाइने छैन ।

३. इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाले निक्षेप रसिद (Deposit Receipt) को धितोमा कर्जा प्रवाह गर्दा अंकित ब्याजदर (Coupon Rate) भन्दा कम ब्याजदर नहुने गरी संस्थाको कर्जा नीति निर्देशिकाको परिधिभित्र रहेर कर्जा/सापट उपलब्ध गराउन सक्नेछन् । तर, नेपाल सरकारले जारी गरेको ऋणपत्र/सुरक्षणपत्रको धितोमा कर्जा प्रवाह गर्दा उल्लिखित व्यवस्था लागू हुने छैन । 

४. इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरुले कुनै पनि व्यक्ति, फर्म, कम्पनी र अन्य संगठित संघ संस्थाहरुबाट कुनै पनि प्रकारको निक्षेप स्वीकार गर्दा त्यस्तो निक्षेपमा दिइने अंकित ब्याजदर (Coupon Rate) बाहेक अन्य कुनै पनि प्रकारको शुल्क/कमिसन वा यस्तै अन्य शीर्षकबाट बैंक तथा वित्तीय संस्थालाई व्ययभार पर्ने कुनै प्रकारको आर्थिक सुविधा दिन पाइने छैन ।

No comments:

Post a Comment