Saturday, July 1, 2017

Credit Sale /Purchase/Re-purchase तथा Takeover सम्बन्धी व्यवस्था

१. यस बैंकले तोकेको पुँजीकोष पर्याप्त नभएका बैंक तथा वित्तीय संस्थाहरुले यस बैंकको पुर्व स्वीकृति नलिई अन्य कुनै पनि बैंक तथा वित्तीय संस्थाहरुबाट कुनै किसिमको ऋण, कर्जा आदि खरिद गरी लिन, Discount गरी लिन तथा Credit sale/Purchase/Repurchase  र Take Over (CS, CP, RP TO) गर्न पाउने छैन । 

२. यस बैंकले तोकेको पुँजीकोष पर्याप्त भएका बैंक तथा वित्तीय संस्थाहरुले CS, CP, RP & TO गर्दा देहायका शर्त बन्देजको अधिनमा रही गर्न सक्ने छन् । 
  • बैंक/वित्तीय संस्थाले CS, CP, RP & TO गरी लिनु अघिको अवस्थामा समेत यस बैंकले तोकेको पुँजीकोष कायम गरेको हुनु पर्नेछ । 
  • CS, CP, RP & TO गरी लिने/दिने सम्बन्धमा बैंक/वित्तीय संस्थाले आफ्नो कर्जा नीतिमा स्पष्ट व्यवस्था गर्नु पर्नेछ । अन्यथा त्यस्तो कारोबार गर्न पाइने छैन । 
  • आर्थिक वर्षको अन्तिम महिनामा CS, CP, RP & TO सम्बन्धी कार्य गर्न पाईने छैन । 
  • कर्जा खरिद (CP) गर्दा सो कर्जा ग्राहकबाट असुलउपर गर्न सक्ने अधिकार खरिद गर्नेले लिनु पर्नेछ । सो कार्यको लागि सम्बन्धित ग्राहकको सहमति समेत लिनु पर्नेछ । 
  1.    कर्जा खरिद गरी लिनेले सो खरिद गरेको कर्जालाई आफ्नो हिसाबमा सम्बन्धित शीर्षकको कर्जा सापट उप–शीर्षकमा लेखाङ्कन गर्नु पर्नेछ ।
  2.  कर्जाको शर्त र अवस्थाको विस्तृत विवरण लिएर मात्र कर्जा खरिद गर्नु पर्नेछ ।
  3. कर्जा खरिद गरी लिने बैंक तथा वित्तीय संस्थाले सम्बन्धित ऋणीले कर्जा लिएको मिति, कर्जाको किसिम, भुक्तानी अवस्था, विगतको कर्जा कारोबारको अवस्था, जमानतकर्ताको हैसियत, कर्जा वर्गीकरणको स्थिति आदि विवरणहरु लिखित रुपमा लिनु पर्नेछ ।
  4. कर्जा खरिद गर्ने बैंक तथा वित्तीय संस्थाले कर्जा वर्गीकरणको विद्यमान व्यवस्था तथा कर्जा नोक्सानी व्यवस्था बमोजिमको कर्जा नोक्सानी व्यवस्था कायम गर्नु पर्नेछ ।
  5. कर्जा खरिद गरी लिंदा यस्तो कर्जा सुरक्षित रहेको तथा संस्थालाई फाइदाजनक भए÷नभएको बारे यकिन हुने आधार खुल्ने कागजातहरु सम्बन्धित कर्जा फाइलमा अद्यावधिक गर्नु पर्नेछ । 
  6. कर्जा नीतिमा कर्जा खरिद सम्बन्धी व्यवस्था रहेका बैंक तथा वित्तीय संस्थाहरुले मात्र कर्जा खरिद गरी लिनदिन सक्ने छन् । 
  7. CS, CP, RP & TO कारोबारको अर्धवार्षिक विवरण अर्धवार्षिक अवधि समाप्त भएको मितिले १५ दिनभित्र यस बैंकको सम्बन्धित सुपरिवेक्षण विभागमा पठाउनु पर्नेछ ।
३. बैंक तथा वित्तीय संस्थाहरुले यसरी कर्जा खरिद/बिक्री (Purchase/Sale) गर्दा कथंकदाचित खरिदकर्ता संस्थाले कर्जा उठाउन नसकेमा सो कर्जा पुनः आफँैले खरिद गर्ने (Credit Purchase) शर्त रहेको अवस्थामा बिक्रीकर्ता संस्थाले त्यस्तो कर्जा Re Purchase नगरुञ्जेल Contingent Liability को रुपमा आफ्नो वित्तीय विवरणको सम्भावित दायित्व र लेखा सम्बन्धी टिप्पणीको अनुसुचीमा देखाउनुपर्ने र यस्तो Contingent Liability लाई पुँजीकोष गणना गर्ने प्रयोजनको लागि १०० प्रतिशत मात्र जोखिम भार प्रदान गर्नु पर्नेछ ।

४. कुनै बैंक तथा वित्तीय संस्थाहरुबीच अन्तर बैंक कारोबार अन्तर्गत दिएको सापटी वा अर्को बैंक वा वित्तीय संस्थामा राखेको निक्षेप समयमा असुल उपर हुन नसकेको अवस्थामा त्यस्तो सापटी वा निक्षेपको साँवा तथा ब्याज असुल उपर गर्ने प्रयोजनको लागि सापटी वा निक्षेप लिने सम्बन्धित बैंक वा वित्तीय संस्थाले प्रवाह गरेको कर्जा खरिद गर्न इच्छुक सापटी दिने वा निक्षेप राख्ने बैंक वा वित्तीय संस्थाले सम्बन्धित ग्राहकको सहमतिमा यस बैंकको पुर्व स्वीकृति लिई देहायका प्रक्रिया अवलम्बन गरी कर्जा खरिद गर्न सक्ने छः


  • कर्जा खरिद गर्दा कुल असुल उपर गर्न बाँकी साँवा तथा ब्याज रकमको दोव्वर भन्दा कम नहुने गरी कर्जा खरिद गर्नु पर्नेछ । 
  • कर्जा खरिद गर्ने र कर्जा बिक्री गर्ने संस्था बीच आपसी समझदारीमा यथास्थितिमा कर्जा खरिद तथा बिक्री गर्नु पर्नेछ ।
  • कर्जा खरिद गर्दा आंशिक भुक्तानी गर्ने गरी कुनै किसिमले कर्जा खरिद गर्न पाइने छैन ।

No comments:

Post a Comment