(क) धितोपत्र विनिमय बजारमा सुचीकृत संस्थाहरुको सेयरको धितोमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने Margin Lending प्रकृतिकोे कर्जाका सम्बन्धमा देहायका शर्तहरु पालना गरेर मात्र सो अनुसारको कर्जा प्रदान गर्न सकिने छ ।
(१) यसरी प्रवाह हुने कर्जाको हकमा सुरक्षण बापत राखिने सेयरको मूल्याङ्कन गर्दा नेपाल धितोपत्र विनिमय बजार लिमिटेडबाट प्रकाशित पछिल्लो १८० कार्य दिनको अन्तिम मूल्यको औसत मुल्य वा सेयरको प्रचलित बजार मूल्यमध्ये जुन कम हुन्छ, सो रकमको बढीमा ५० प्रतिशत रकमसम्म मात्र सेयर धितो कर्जा प्रवाह गर्न सकिने छ । एकपटक प्रवाह गरिसकेको यस्तो कर्जाको सुरक्षणमा रहेको सेयरको पुनरमूल्याङ्कन गरी सोको आधारमा थप कर्जा सीमा कायम गर्न वा थप कर्जा प्रदान गर्न पाइने छैन ।
(२) Margin Call सम्बन्धी व्यवस्था :
(क) सेयरको बजार मूल्यमा हुने परिवर्तनको कारणले Margin Call गर्नु परेमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले सो को मुल्य अनुगमन गरी बढीमा ७ दिनभित्रमा निर्देशित सीमाभित्र ल्याउन ऋणी ग्राहकलाई सूचित गरी Margin Call गर्नु पर्नेछ । तर, सुरक्षणमा राखिएको सेयरको मूल्यमा १० प्रतिशतसम्मले घटेको अवस्थामा Margin Call गर्न बाध्य हुने छैन । साथै, सुरक्षणमा राखिएको सेयरको मुल्य कुल कर्जा बक्यौता रकमको डेढ गुणा भन्दा बढी भएको अवस्थामा यस्तो Margin Call गर्नु पर्नेछैन ।
(ख) खण्ड (क) बमोजिम सुचना जारी गरेपछि सम्बन्धित बैंक तथा वित्तीय संस्थाले Margin Call गरेको मितिले ३५ दिनभित्र सम्बन्धित ऋणी/ग्राहकबाट Margin वापतको रकम जम्मा गराई सक्नु पर्नेछ ।
(ग) खण्ड (ख) अनुरुप नभएमा त्यसपछिको ७ दिनभित्रमा त्यसरी सुरक्षण राखिएको सेयर धितोपत्र विनिमय बजार मार्फत् बिक्री गरी कर्जा असुलउपर गरिसक्नु पर्नेछ ।
(घ) खण्ड (ग) अनुरुप असुलउपर नभएमा त्यस्तो कर्जाको लागि शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नु पर्नेछ ।
(३) यसरी प्रवाह भएको कर्जाको अवधि एक वर्षभन्दा बढी हुने छैन । सेयर धितो कर्जा (Margin Type Lending) उपभोग गरिरहेका ऋणीले आफूले लिएको कर्जाको सम्पूर्ण बक्यौता ब्याज भुक्तानी गरी कर्जा नियमित रहेको अवस्थामा त्यस्तो कर्जा नवीकरण गर्न सकिने छ । तर, अन्य प्रयोजनको लागि प्रवाह भएको कर्जाको लागि थप सुरक्षणस्वरुप ऋणीले दिएको सेयर धितोको हकमा यो व्यवस्था लागू हुने छैन । सम्बन्धित बैंक/वित्तीय संस्थाले कर्जा प्रयोजनका सम्बन्धमा आवश्यक सुचना, तथ्यांक र विवरण सम्बन्धित कर्जा फाइलमा अद्यावधिक गरेको हुनु पर्नेछ । सो सम्बन्धमा थप धितो सुरक्षणस्वरुप लिइने त्यस्तो सेयर, अतिरिक्त धितोको रुपमा मात्र रहने छ ।
(४) देहायका अवस्थामा रहेका संस्थाहरुको सेयरको धितोमा कर्जा प्रदान गर्न पाइने छैन ।
(क) यस बैंकबाट समस्याग्रस्त घोषणा भएका वा निर्देशन बमोजिम पुँजी कोष अनुपात कायम नगरेका बैंक तथा वित्तीय संस्थाहरु
(ख) नेटवर्थ ऋणात्मक भएका संस्थाहरु,
(ग) नेपाल धितोपत्र विनिमय बजार लिमिटेडले सूचीकरणबाट हटाएका (Delisted) संस्थाहरु,
(घ) आर्थिक वर्ष समाप्त भएको एक वर्ष अवधि पुरा हुँदा समेत अन्तिम लेखापरीक्षण नगर्ने संस्थाहरु,
(५) धितोपत्र विनिमय बजारमा सूचिकृत संस्थाहरुको सेयरको धितोमा कर्जा प्रदान गर्ने सम्बन्धमा बैंक तथा वित्तीय संस्थाको आफ्नो कर्जा नीति/निर्देशिकामा स्पष्ट व्यवस्था भई अन्य कर्जा प्रदान गरे सरह अवलम्बन गर्नु पर्ने सम्पूर्ण प्रक्रिया पुरा गरेको हुनु पर्नेछ ।
(६) यसरी प्रवाह भएको कर्जा असल कर्जामा रहेको अवस्थामा बाहेक अन्य अवस्थामा शत प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नु पर्नेछ ।
(७) बैंक तथा वित्तीय संस्थाहरुले वढीमा आफ्नो प्राथमिक पुँजी (Core Capital) बराबरको रकमसम्म मात्र यस प्रकृतिको कर्जा प्रवाह गर्न सक्नेछ । साथै, यसरी कर्जा प्रदान गर्दा बैंक तथा वित्तीय संस्थाले एउटा सुचीकृत कम्पनीको सेयरको हकमा आफ्नो प्राथमिक पुँजी (Core Capital) को बढीमा २५ प्रतिशतमा ननाघ्ने गरी मात्र कर्जा प्रवाह गर्नु पर्नेछ । यस प्रयोजनको लागि प्राथमिक पुँजी (Core Capital) भन्नाले ठीक अघिल्लो त्रयमासको आन्तरिक लेखापरीक्षण भएको वित्तीय विवरणको आधारमा कायम हुन आएको प्राथमिक पुँजी सम्झनु पर्दछ ।
(८) विगतमा आफ्नो प्राथमिक पुँजी (Core Capital) भन्दा बढी कर्जा प्रदान गरेका बैंक तथा वित्तीय संस्थाले निर्धारित सीमामा नआएसम्म यस्तो प्रकृतिको थप कर्जा प्रवाह गर्न पाइने छैन ।
(९) बैंक तथा वित्तीय संस्थाहरुले यस्तो कर्जा प्रवाह गर्दा भौतिक शेयरको हकमा सक्कल प्रमाणपत्र धितो राखेर र अभौतिक शेयरको हकमा प्रचलित व्यवस्था बमोजिम धितो बन्धकी भएको प्रमाण लिएर कर्जा प्रदान गर्नु पर्नेछ । तर, ब्रोकरले जमानत दिने सम्बन्धी प्रक्रिया बारेमा नेपाल धितोपत्र वोर्ड र नेपाल धितोपत्र विनिमय बजार लि. ले आवश्यक व्यवस्था गरेको आधारमा शेयरको सक्कलै प्रमाणपत्र प्राप्त नभएको अवस्थामा पनि ब्रोकरको जमानत र शेयर खरिद/विक्री रसिदका आधारमा आवश्यक मार्जिन कायम गरी बढीमा एक वर्षको लागि कर्जा प्रदान गर्न यस व्यवस्थाले बाधा पु¥याएको मानिने छैन । यस्तो कर्जाबाट सृजना हुन सक्ने जोखिम न्यूनीकरणको लागि इजाजतपत्र प्राप्त संस्थाले उपयुक्त व्यवस्था मिलाउनु पर्नेछ ।
(ख) बैंक तथा वित्तीय संस्थाहरुले धितो सुरक्षण लिएका सेयरका सम्बन्धमा
१. बैंक तथा वित्तीय संस्थाहरुले धितो सुरक्षण लिएका इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको सेयर सकार गरी कर्जा असुली गर्न पाइने छैन ।
२. यस अघि इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाको सेयर सकार गरी कर्जा असुली गरेको भएमा सकार गरिएका सेयरहरु अनिवार्य रुपले बिक्री गर्नु पर्नेछ । विशेष कारणवश बिक्री हुन नसकी बाँकी रहेका सेयरहरुको हकमा सेयर सकार गरेको मुल्य बराबरले हुन आउने रकमको शत प्रतिशत नोक्सानी व्यवस्था गर्नु पर्नेछ ।
No comments:
Post a Comment