Saturday, July 1, 2017

सार्वजनिक सेयर निष्काशनमा लगानी गर्नका लागि कर्जा प्रदान गर्ने सम्बन्धमा

पब्लिक लिमिटेड कम्पनीले सर्वसाधारणमा सार्वजनिक सेयर निष्कासन (Initial/Further Public Offering, IPO/FPO) कोे लागि सेयर बिक्री खुल्ला गरेको पहिलोे सात कार्यदिनसम्म बैंक तथा वित्तीय संस्थाले त्यस्तो सेयर खरिद गर्ने प्रयोजनका लागि कुनै पनि किसिमको कर्जा सुविधा प्रदान गर्न पाउने छैन । तर, त्यसरी आह्वान गरेको पहिलो सात कार्यदिन सम्ममा पनि माग गरे बमोजिमको सेयरका लागि आवेदन नपरेमा (Fully Subscribeनभएमा) सोको आठौँ कार्य दिनदेखि देहाय बमोजिमका शर्तहरुको अधिनमा रही IPO/FPO का लागि कर्जा प्रदान गर्न सक्ने छन् । 

क. IPO/FPO को कार्य सम्पादन गर्न नियुक्त भएको निष्काशन प्रबन्धक (Issue Manager) यस बैंकको इजाजतपत्रप्राप्त संस्थाको सहायक कम्पनी भएमा सो संस्थाले कुनै पनि व्यक्ति/फर्म/कम्पनीलाई IPO/FPO का लागि कर्जा प्रदान गर्न पाउने छैन । 

ख. बैंक तथा वित्तीय संस्थाले IPO/FPO मा लगानी गर्ने लगानीकर्ताहरुलाई प्रदान गर्ने कर्जाको कम्तीमा ५० प्रतिशत नगद मार्जिन राखेर मात्र कर्जा प्रदान गर्नु पर्नेछ । 

ग. यसरी प्रदान गरिएको कर्जाको भुक्तानी अवधि बढीमा धितोपत्र ऐन, नियमावली र धितोपत्रसँग सम्बन्धित नियम बमोजिम सेयर बाँडफाँड गरी रकम फिर्ता गर्ने अवधिसम्म हुनेछ । यस्तो कर्जाको पुनरसंरचना र पुनरतालिकीकरण गर्न पाइने छैन । 

घ. यस्तो कर्जा प्रवाह गर्दा पनि अन्य कर्जा प्रदान गर्दा अवलम्बन गर्नुपर्ने सम्पूर्ण प्रक्रिया पुरा गरेको हुनु पर्नेछ । 

ङ. यसरी प्रवाह भएको कर्जा असल कर्जामा रहेको अवस्था बाहेक अन्य अवस्थामा शत प्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नु पर्नेछ ।

No comments:

Post a Comment