Saturday, July 1, 2017

गैर बैंकिङ्ग सम्पत्तिको नोक्सानी व्यवस्था र लिलाम बिक्री सम्बन्धमा

(१) इजाजतपत्रप्राप्त संस्थाहरुले सकार गरेको गैर बैंकिङ्ग सम्पत्तिमा सकार गरेकै मितिदेखि शत प्रतिशत नोक्सानी व्यवस्था कायम गर्नु पर्नेछ । 

(२) गैर बैंकिङ्ग सम्पत्ति बिक्री भएको अवस्थामा तत्काल त्यस्तो सम्पत्तिका लागि खडा गरिएको नोक्सानी व्यवस्थाको आवश्यक हिसावमिलान गर्नु पर्नेछ । 

(३) इजाजतपत्रप्राप्त संस्थाले धितो सुरक्षणलाई गैर बैंकिंङ्ग सम्पत्तिको रुपमा सकार गर्दा तथा सकार गरेको गैर बैंकिंङ्ग सम्पत्ति लिलाम बिक्री गर्ने सम्बन्धमा देहाय बमोजिम गर्नु पर्नेछ :
  •  रु. २५ लाखभन्दा बढी कर्जा रकम बक्यौता रहेको ग्राहकको सुरक्षण सम्पत्तिलाई गैर बैंकिङ्ग सम्पत्तिको रुपमा सकार गर्दा सम्बन्धित पक्षलाई अनिवार्यरुपमा कालोसूचीमा समावेश गर्नु पर्नेछ । तर, रु. २५ लाख सम्मको कर्जाको हकमा सम्बन्धित बैंक वा वित्तीय संस्थाले नै निर्णय गरी कालोसूचीमा समावेश गर्न सक्नेछ ।
  • आफ्नो संस्थाको नाममा रहेको गैर बैंकिङ्ग सम्पत्तिको लिलाम गर्नुपुर्व स्वतन्त्र मूल्याङ्कनकर्ताबाट यथार्थपरक मूल्याङ्कन गराउनु पर्नेछ ।
  • धितो सुरक्षण÷गैर बैंकिंङ्ग सम्पत्ति लिलाम सम्बन्धमा इजाजतप्राप्त संस्थाले पारदर्शी र स्पष्ट व्यवस्था गरी बैंक तथा वित्तीय संस्थाको हित संरक्षण हुने गरी बिक्री गर्नु पर्नेछ । 
  • यसरी गैर बैंकिङ्ग सम्पत्ति सकार गरी लिंदा लिलाम हुन नसकेको सुरक्षण वापत राखिएको सम्पूर्ण सम्पत्तिलाई नै लिनु पर्नेछ, आंशिक रुपमा मात्र लिन पाइने छैन ।
  • यसरी सकार गरी लिएको सम्पत्तिलाई यथासम्भव छिटो बिक्री गर्नु पर्नेछ । इजाजतपत्रप्राप्त संस्थाको आफ्नै प्रयोजनलाई आवश्यक भएमा सो को उपयोगका लागि सञ्चालक समितिबाट स्वीकृत गराई यस बैंकलाई समेत जानकारी गराउनु पर्नेछ । 
  • गैर बैंकिङ्ग सम्पत्तिको रुपमा बैंक÷वित्तीय संस्थाले सकार गरेको सम्पत्ति धितो सुरक्षण धनी (गैर बैंकिङ्ग सम्पत्तिमा आउनु अघिको धनी) लाई फिर्ता गर्दा गैर बैंकिङ्गसम्पत्ति लेखांकन गर्दाको मूल्यमा नघट्ने गरी सम्बन्धित संस्था र सम्बन्धित सुरक्षण धनीबीचको आपसी वार्ताद्वारा सम्बन्धित सुरक्षण धनीलाई मात्र धितो÷सुरक्षण फिर्ता गर्न भने यो निर्देशनले बाधा पु¥याएको मानिने छैन ।

No comments:

Post a Comment