कर्जा सापटको वर्गीकरण इजाजतपत्रप्राप्त संस्थाले प्रवाह गरेको कर्जा/सापटको साँवा वा ब्याज भुक्तानी हुनु पर्ने भाखा नाघेको अवधिका आधारमा सम्पूर्ण कर्जा सापटलाई देहाय बमोजिम वर्गीकरणगर्नु पर्नेछ
(क) असल (Pass): भाखा ननाघेका र ३ महिनासम्म भाखा नाघेका कर्जा/सापट ।
(ख) सुक्ष्म निगरानी (watch List): असल वर्गमा परेका तर देहायकोअवस्था रहेका कर्जा÷सापट ।
- साँवा वा ब्याज तोकिएको अवधिभित्र भुक्तान नभई १ महिना भन्दा बढि अवधिले बक्यौता रहेका कर्जा ।
- नवीकरण नभई अस्थायी रुपमा भुक्तानी अवधि बढाई कायम रहेका अल्पकालीन वा चालुपूँजी कर्जा ।
- कुनैपनि बैंक वा वित्तीय संस्थामा रहेको कर्जा निष्क्रिय कर्जामा वर्गीकरण भएको ऋणीलाई प्रवाहित कर्जा
- साँवा र व्याज नियमित रुपमा भुक्तानी भएतापनि लगातार दुई वर्ष देखि खुद नोक्सानीमा रहेका वा नेटवर्थ ऋणात्मक रहेका फर्म, कम्पनी वा संस्थालाई प्रवाहित अल्पकालीन वा चालुपूँजी कर्जा । तर निर्माणाधीन अवस्थामा रहेका परियोजनालाई प्रदान गरिएको कर्जाको हकमा परियोजनाले व्यावसायिक उत्पादन शुुरु गरे पछि मात्र यो व्यवस्था लागु हुनेछ ।
(ग) कमसल (Sub-Standard): ३ महिनादेखि बढीमा ६ महिनासम्म भाखा नाघेका कर्जा÷सापट ।
(घ) शंकास्पद (Dubtful): ६ महिनादेखि बढीमा १ वर्षसम्म भाखा नाघेका कर्जा÷सापट ।
(ङ) खराव (Bad): १ वर्षभन्दा बढी अवधिले भाखा नाघेका कर्जा÷सापट ।
असल र सुक्ष्म निगरानी मा रहेका कर्जालाई “सक्रिय कर्जा” (Performing Loan) र पुनरतालिकीकरण÷पुनरसंरचना गरेका, कमसल, शंकास्पद तथा खराब कर्जालाई “निष्क्रिय कर्जा” (Non-Performing Loan) भनी परिभाषा गरिएको छ ।
असल कर्जा सम्बन्धी थप व्यवस्था
1. देहायका कर्जाहरुलाई असल कर्जामा समावेश गर्न सकिने छ :
(क) सुनचाँदीको धितोमा गएका कर्जा तथा सापटहरु,
(ख) मुद्दति रसिदको धितोमा गएका कर्जा तथा सापटहरु,
(ग) नेपाल सरकारको सुरक्षणपत्र तथा नेपाल राष्ट्र बैंक ऋणपत्रको धितोमा गएका कर्जा तथा सापट तर, अतिरिक्त धितो सुरक्षण वापत मुद्दति रसिद वा नेपाल सरकारको सुरक्षणपत्र वा नेपाल राष्ट्र बैंक ऋणपत्र धितो राखी कर्जा प्रवाह गरेमा त्यस्ता कर्जा तथा सापटहरुलाई भने बुँदा नं. १ मा उल्लिखित निर्देशन बमोजिम नै वर्गीकरणगर्नु पर्नेछ ।
2. बढीमा एक वर्षसम्म भुक्तानी अवधि भएको चालु पुँजी कर्जालाई नवीकरण गर्दा असल कर्जामा समावेश गर्न सकिने छ । इजाजतपत्रप्राप्त संस्थाले ऋणीको कर्जा तिर्न सक्ने क्षमता, भावी नगद प्रवाह, आम्दानीको स्रोत जस्ता कर्जा प्रवाहका न्युनतम आधारहरुको विश्लेषण पश्चात कर्जा सदुपयोगको सुनिश्चितता हुने गरी मात्र कर्जा नवीकरण गर्नुपर्नेछ । चालु पुँजी प्रकृतिका कर्जाहरुमा प्राप्त हुनु पर्ने ब्याज नियमित नभएको अवस्थामा त्यस्तो कर्जालाई ब्याज वक्यौता अवधिको आधारमा वर्गीकरणगर्नु पर्नेछ ।
खराव कर्जा सम्बन्धी थप व्यवस्था
भाखा नाघेको वा ननाघेको कुनै पनि कर्जामा देहायको कुनै कैफियत देखिएमा त्यस्तो कर्जा तथा सापटलाई खराव कर्जामा वर्गीकरणगर्नु पर्नेछ –
(क) ऋणी टाट पल्टेमा वा टाट पल्टेको घोषणा भएमा,
(ख) ऋणी हराएमा वा गायव भएमा,
(ग) कर्जा दुरुपयोग भएमा,
(घ) परियोजना/व्यवसाय सञ्चालन हुने अवस्था नरहेमा, परियोजना वा व्यवसाय सञ्चालनमा नभएमा,
(ङ) प्रतितपत्र, जमानत तथा अन्य सम्भावित दायित्वहरु फोर्स लोन को रुपमा कोषमा आधारित कर्जामा परिणत भएको अवस्थामा त्यसरी कर्जामा परिणत भएको मितिले नब्बे दिनसम्म असुली नभएमा,
(च) कर्जा असुल हुन नसकी लिलामी प्रक्रिया शुरु भएको १८० दिन नाघेमा वा असुली प्रक्रिया अन्तर्गत अदालतमा मुद्दा चलिरहेको अवस्थामा,
(छ) कर्जा सुचना केन्द्रको कालोसूचीमा कायम रहेका ऋणीलाई कर्जा प्रदान गरेको अवस्थामा,
(ज) सुरक्षणको बजार मूल्यले कर्जाको सुरक्षण हुन नसक्ने भएमा,
(झ) खरिद वा डिस्काउन्ट गरेको बिल्सको भुक्तानी मिति (DUE DATE) ले नब्बे दिनसम्म असुली नभएमा,
(ञ) कुनै व्यक्ति/फर्म/कम्पनीको नाममा रहेको कर्जा अर्को व्यक्ति/फर्म/कम्पनीले उपभोग गरेको अवस्थामा, तर एउटै समुहमा पर्ने फर्म÷कम्पनीको हकमा कुल सीमा कायम गर्न बाधा पुग्ने छैन,
(ट) टि.आर.कर्जा (Trust Receipt Loan) भुक्तानी गर्ने प्रयोजनको लागि प्रतितपत्र खोल्दाका बखत उल्लेख नगरिएको अन्य कुनै नयाँ कर्जा स्वीकृत गरी प्रवाह भएमा ।
(ठ) Credit Cardकर्जा भाखा नाघेको मितिले नब्बे दिनभित्र अपलेखन नभएमा ।
टिप्पणी :“दुरुपयोग” भन्नाले प्रयोजन खुलाई लिएको कर्जा रकम सम्बन्धित प्रयोजनमा प्रयोग नगरेको, परियोजना सञ्चालनमा नरहेको, सम्बन्धित परियोजना÷व्यवसायबाट आर्जित रकम ऋण तिर्नमा नलगाई अन्य कार्यमा प्रयोग गरेको, निरीक्षण तथा सुपरिवेक्षणको क्रममा सुपरिवेक्षक, लेखा परीक्षणको क्रममा लेखापरिक्षकबाट दुरुपयोग भएको प्रमाणित भएमा कर्जा तथा सुविधाको दुरुपयोग गरेको सम्झनु पर्छ ।

हाल मिति २०७५/१२/२८ सम्मकाे ब्यबस्था पनि यहि छ भन्ने बुझिन्छ हा???
ReplyDelete