Friday, June 30, 2017

राष्ट्र बैंक निर्देशिका-आधार दर, संस्थागत निक्षेप

सार्वजनिक शेयर निस्काशनमा लगानी गर्नका लागी कर्जा प्रदान गर्ने सम्बन्धमा
  • IPO र FPO Issue को पहिलो ७ दिन सम्म कुनै कर्जा प्रवाह गर्न पाउने छैन तर Fully Subscribe नभएको अवस्थामा ५० % Margin राखेर कर्जा प्रवाह गर्न सक्छ । 


  • आधार दर गणना गर्ने विधी

कोष लागत प्रतिशत + अनिवार्य मौज्दात लागत प्रतिशत +बैधानिक तरलता लागत प्रतिशत + सञ्चालन लागत प्रतिशत +सम्पत्तीमा प्रतिफल प्रतिशत
(Cost of Fund+CRR+SLR+Operation Cost+ROE)

Cost Of Fund: 

स्वदेशी निक्षेप र ऋण तथा सापटीको भारित औषत दर

अनिवार्य मौज्दात लागत प्रतिशतः
(अनिवार्य मौज्दातको औसत रकम *कोषको लागत प्रतिसत)÷लगानी योग्य कोषको औषत रकम

सम्पत्तीमा प्रतिफल 
०.७५ प्रतिशत
लगानी योग्य कोषको औषत रकम
स्वदेशी निक्षेपको औषत रकम +स्वदे्शी ऋण तथा सापटीको औषत रकम − बैधानिक तरलताको औषत रकम
बैधानिक तरलता लागत
(खुद बैधानिक तरलता रकम ×कोषको लागत प्रतिसत  —सरकारी सुरक्षण पत्रको औषत भारित व्याजदर)÷लगानी योग्य कोषको औषत रकम

खुद बैधानिक तरलता रकम
बैधानिक तरलताको औषत रकम — अनिवार्य मौज्दातको औषत रकम

संस्थागत निक्षेप संकलन सम्बन्धमा

  • बैंक तथा वित्तिय संस्थाले एउटै फर्म, कम्पनी वा संगठित संस्थाबाट आफ्नो कुल निक्षेपको २० % भन्दा बढी संकलन गर्न नपाउने तर कुल संस्थागत निक्षेपको हकमा ५० % भन्दा बढी गर्न नपाउने, यदि अहिले भएमा २०७४ असार मसान्त सम्म नियमित गर्नु पर्ने ।
  • दश वर्ष देखि चल्ति नभएका तथा हक दाबी नपरेका निक्षेप खाताको विवरण प्रत्येक आर्थिक वर्षको पहिलो महिनामा ल्च्द्य पठाउनु पर्छ र राष्ट्रिय स्तरको पत्रिकामा प्रकाशन गर्नु पर्ने ।
  • लाभांस घोषणा गरेको मितिले पाँच वर्ष सम्म लिन नआएमा प्रत्येक आर्थिक वर्ष समाप्त भएको एक महिना भित्र पत्रीकामा प्रकाशित गर्नु पर्छ र  पनि लिन नआएमा दावी नभएको लाभांस खाता खोली रकमान्तर गनु पर्छ । 
  • डिवेन्चर प्राथमिक पुँजीको ५०% सम्म जारी गर्न सकिने छ । 
  • बैंक तथा वित्तिय संस्था संचालनमा आएको ३ वर्ष भित्र सर्वसाधारणका लागि छुट्याइ सक्नु पर्नेछ । 


No comments:

Post a Comment