विषय वा प्रसँगले अर्को अर्थ नलागेमा यस निर्देशनमा सह–वित्तीयकरण कर्जा भन्नाले दुई वा दुई भन्दा बढी इजाजतपत्रप्राप्त संस्थाहरुले आपसी समझदारीको आधारमा संझौता गरी कुनै एउटा ग्राहक, फर्म, कम्पनीलाई वा परियोजनाको लागि प्रवाह गर्ने कर्जा सापट तथा सुविधालाई सम्झनु पर्छ ।
Loose Consortium भन्नाले ‘सह–वित्तीयकरण समुह गठन नगरी एउटा परियोजनाको लागि पारिपासुको माध्यमबाट सुरक्षण कायम रहने गरी दुई वा दुई भन्दा बढी बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको/गर्ने कर्जा सापट तथा सुविधा’ भन्ने सम्झनुपर्छ ।
कर्जाको लागि निवेदन परी सह–वित्तीयकरण समुह गठन भई अगुवा संस्थाको चयन समेत भइसके पश्चात् नब्बे दिनभित्र सह–वित्तीयकरणमा सहभागी हुने अगुवा संस्था तथा सहभागी सदस्यहरुले कर्जा सापट तथा सुविधा प्रवाह गर्ने वा नगर्ने सम्बन्धमा निर्णय दिइसक्नु पर्नेछ ।
No comments:
Post a Comment