Saturday, June 30, 2018

बाफीया सम्बन्धि सामान्य जानकारी

Bafia Publication Date 2074/01/10

शेयरको बाँडफाँट  : बैंक वा वित्तीय संस्थाले आफ्नो कूल जारी पूँजीको कम्तीमा तीस प्रतिशत शेयर सर्वसाधारणलाई बिक्री वितरण गर्नको लागि छुट्याउनु पर्नेछ ।

सर्वसाधारणलाई छुट्याएको शेयर तोकिएको अवधिभित्र सर्वसाधारणलाई बिक्री वितरण गर्नु पर्नेछ ।  यसरी बिक्री गर्दा बिक्री नभएको त्यस्तो शेयर बैंक तथा वित्तीय संस्थाले उल्लिखित हद बाहेकको ०.५ प्रतिशत शेयर कर्मचारीको लागि छुट्याउन सक्नेछ ।

बैंक वा वित्तीय संस्थाले चाहेमा राष्ट्र बैंकले तोकेको प्रक्रिया पुरा गरी संस्थापक शेयर समूहको  स्वामित्व एकाउन्न प्रतिशतभन्दा कम नहुने गरी बाँकी अंश सर्वसाधारण शेयर समूहमा परिणत गर्न सक्नेछ ।

कुनै विदेशी बैंक वा वित्तीय संस्था वा अन्य कुनै विदेशी संस्थाको संयुक्त लगानीमा संस्थापना भएको बैंक वा वित्तीय संस्था वा पूर्वाधार विकास बैंकले राष्ट्र बैंकले तोके बमोजिमको शेयर सर्वसाधारणलाई बिक्री वितरण गर्नु पर्नेछ ।

बैंक वा वित्तीय संस्थाको शेयर खरिदको लागि सर्वसाधारणबाट दरखास्त आह्वान गर्दा शेयरको अंकित मूल्यको शत प्रतिशत रकम दरखास्त साथ माग गर्नु पर्नेछ ।

बैंक वा वित्तीय संस्थाले कुनै धितोपत्र व्यवसायी संस्था मार्फत धीतोपत्र कारोबार गर्ने सम्बन्धमा गरेको सम्झौताको एक प्रति त्यस्तो सम्झौता भएको मितिले सात दिनभित्र राष्ट्र बैंक समक्ष बुझाउनु पर्नेछ ।

बैंक वा वित्तीय संस्थाको संस्थापकले वित्तीय कारोबार सञ्चालन गरेको कम्तीमा पाँच वर्ष नपुगेसम्म आफ्नो नाममा  रहेको शेयर बिक्री गर्न वा धितोबन्धक राख्न पाउने छैन । तर विशेष परिस्थितिको सिर्जना हुन गएमा वा संस्थापक अन्य बैंक वा वित्तीय संस्थाको वित्तीय कारोबारमा कालोसूचीमा समावेश हुन पुगेमा राष्ट्र बैंकको स्वीकृति लिई संस्थापकहरुबीच एक आपसमा शेयर खरिद वा बिक्री गर्न सकिनेछ ।

संस्थापकले बैंक वा वित्तीय संस्थाले कारोबार सञ्चालन गरेको मितिले पाँच वर्ष पुगेपछि र सर्वसाधारणमा शेयर जारी गरेपछि आफ्नो नाममा रहेको शेयर बिक्री गर्न वा धितोबन्धक राख्न चाहेमा राष्ट्र बैंकको स्वीकृति लिई बिक्री गरेको त्यस्तो शेयर संस्थापक समूहमा नै रहने गरी बिक्री गर्न वा धितोबन्धक राख्न सक्नेछ । तर चुक्ता पूँजीको दुई प्रतिशतभन्दा कम शेयर धारण गर्ने संस्थापकले आफ्नो शेयर बिक्री वा धितो बन्धक राख्दा राष्ट्र बैंकको स्वीकृति लिन आवश्यक पर्ने छैन ।

माथी जुनसुकै कुरा लेखिएको भए तापनि बैंक वा वित्तीय संस्थाले कारोबार सञ्चालन गरेको दश वर्ष पुगेपछि पूँजी बजार, बैंकिङ्ग लगायत समग्र वित्तीय क्षेत्रमा पर्ने प्रभाव समेतलाई विचार गरी राष्ट्र बैंकको स्वीकृतिमा संस्थापक शेयर क्रमशः सर्वसाधारण शेयरमा परिणत गर्न सक्नेछ ।

धितोपत्र कारोबार गर्नमा बन्देज 
बैंक वा वित्तीय संस्थाको सञ्चालक, कार्यकारी प्रमुख, लेखापरीक्षक, कम्पनी सचिव वा बैंक वा वित्तीय संस्थाको व्यवस्थापन तथा लेखा सम्बन्धी कार्यमा प्रत्यक्ष रुपले संलग्न व्यक्तिले त्यस्तो पदमा बहाल रहँदाका बखत वा त्यस्तो पदबाट अवकाश प्राप्त गरेको मितिले एक वर्षसम्म सम्बन्धित बैंक वा वित्तीय संस्था वा त्यसको सहायक कम्पनीको धितोपत्र आफ्नो वा आफ्नो परिवारको सदस्य वा अन्य कुनै पनि व्यक्ति वा त्यस्ता व्यक्तिको नियन्त्रणमा रहेको फर्म, कम्पनी वा संस्थाको नाममा वा अन्य व्यक्तिलाई खरिद बिक्री गर्न गराउन, गर्न दिन, धितोबन्धक राख्न, राख्न लगाउन वा दान बकस लिन, दिन, हस्तान्तरण गर्न वा लेनदेन गर्न हुँदैन ।

बैंक वा वित्तीय संस्थाले सामान्य अबस्थामा आफ्नो शेयर आपैले खरिद गर्न वा जमानतमा राखी कर्जा दिन हुँदैन ।

सञ्चालक समिति र कार्यकारी प्रमुख सम्बन्धी व्यवस्था
बैंक वा वित्तीय संस्थामा कम्तीमा पाँच र बढीमा सात जना सञ्चालकहरु रहेको एक सञ्चालक समिति रहनेछ ।

बैंक वा वित्तीय संस्थाको प्रथम वार्षिक साधारण सभा नभएसम्मको अवधिको लागि सञ्चालकको नियुक्ति संस्थापकद्वारा गरिनेछ ।
वार्षिक साधारण सभा हुनुभन्दा अगावै कुनै सञ्चालकको पद रिक्त हुन आएमा अर्को वार्षिक साधारण सभा नभएसम्मको लागि सञ्चालकको नियुक्ति सञ्चालक समितिद्वारा गर्न सकिनेछ ।

कुनै संगठित संस्थाले शेयर लिएको भएमा सो संस्थाले शेयरको अनुपातमा हुन आउने सञ्चालक मनोनयन गर्न सक्नेछ र त्यसरी मनोनयन गर्दा एउटै व्यक्तिलाई एकभन्दा बढी बैंक वा वित्तीय संस्थामा मनोनयन गर्न पाइने छैन । तर कुनै बैंक वा वित्तीय संस्थामा सञ्चालक रहेको व्यक्ति पूर्वाधार विकास बैंकमा सञ्चालक हुन भने यस व्यवस्थाले बाधा पु¥याएको मानिने छैन ।

सञ्चालक समितिले कम्तीमा एक जना स्वतन्त्र सञ्चालक नियुक्ति गरी सोको जानकारी त्यस्तो नियुक्ति पछि बस्ने पहिलो साधारण सभामा दिनु पर्नेछ तर बंैक वा वित्तीय संस्थाको संस्थापक, सञ्चालक वा शून्य दशमलव एक प्रतिशतभन्दा बढी शेयर लिएको शेयरधनी तथा निजको परिवार स्वतन्त्र सञ्चालक हुन पाउने छैन 

माथी जुनसुकै कुरा लेखिएको भए तापनि एक परिवारबाट एक बंैक वा वित्तीय संस्थामा एकैपटक एकभन्दा बढी व्यक्ति सञ्चालक हुन पाउने छैन ।

सञ्चालकले आपूmमध्ये बहुमतबाट छानेको व्यक्ति सञ्चालक समितिको अध्यक्ष हुनेछ ।

सञ्चालकको पदावधि
सञ्चालकको कार्यकाल नियमावलीमा उल्लेख भए बमोजिम बढीमा चार वर्षको हुनेछ र निज पुनः नियुक्ति तथा मनोनित हुन सक्नेछ । तर स्वतन्त्र सञ्चालक एक कार्यकालका लागि मात्र नियुक्त हुन सक्नेछ ।

तर यो ऐन प्रारम्भ भएपछि नियुक्त भएको कार्यकारी अध्यक्ष वा प्रबन्ध संचालक लगातार दुई कार्यकालसम्म मात्र रहन सक्नेछ

२५ वर्ष उमेर पूरा नभएको, मगज बिग्रिएको वा मानसिक सन्तुलन ठीक नभएको, नेपालभित्र वा विदेशमा बैंक वा वित्तीय संस्थासँगको कुनै कारोबारमा कालोसूची वा डिफल्टरमा परी सो कालोसूची वा डिफल्टरबाट फुकुवा भएको मितिले कम्तीमा तीन वर्ष पूरा नभएको, व्यक्ति बैंक वा वित्तीय संस्थाको सञ्चालक हुन योग्य हुने छैन ।

बैैंक वा वित्तिय संस्थाको चुक्ता पुजीको १५ % मात्र एक व्यक्ति वा संस्थाले लगानी गर्न पाउने

बैंक वा वित्तीय संस्थाको पदाधिकारी वा कर्मचारीले सोही बैंक वा वित्तीय संस्थाको सहायक कम्पनीको सञ्चालक भई काम गर्न सक्नेछ ।

बैंक वा वित्तीय संस्थालाई आफ्नो कुनै सञ्चालक यस ऐन वा राष्ट्र बैंक ऐन बमोजिम सो पदमा बहाल रहन अयोग्य छ भन्ने लागेमा वा सञ्चालक पदमा बहाल नरहेमा त्यसको पन्ध्र दिनभित्र राष्ट्र बैंकलाई लिखित रुपमा जानकारी दिनु पर्नेछ ।

संवैधानिक पद धारण गरेको व्यक्ति त्यस्तो पदमा बहाल रहुञ्जेल कुनै पनि बैंक वा वित्तीय संस्थाको संचालक समितिमा र कार्यकारी प्रमुखको पदमा बस्न सक्ने छैन ।

सञ्चालक समितिको बैठक 

वर्षमा कम्तीमा बाह्र पटक बस्नु पर्नेछ । तर, दुई वटा बैठकको बीचको फरक साठी दिनभन्दा बढी हुने छैन ।

कम्तीमा एक तिहाई सञ्चालकले बैठकमा छलफल गर्नु पर्ने विषय समेत खुलाई लिखित अनुरोध गरेमा अध्यक्षले जुनसुकै बखत सञ्चालक समितिको बैठक बोलाउनु पर्नेछ । 

अध्यक्षले सञ्चालक समितिको बैठकको अध्यक्षता गर्नेछ । अध्यक्षको अनुपस्थितिमा सञ्चालकले आपूmमध्येबाट बहुमतले छानेको सञ्चालकले बैठकको अध्यक्षता गर्नेछ ।

कुल सञ्चालक संख्याको कम्तीमा एकाउन्न प्रतिशत सञ्चालक उपस्थित नभई सञ्चालक समितिको बैठक बस्ने छैन ।

सञ्चालक समितिको बैठकमा बहुमतको निर्णय मान्य हुनेछ र मत बराबर भएमा अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिन पाउनेछ ।

सञ्चालकले आफू नियुक्ति भएको सात दिनभित्र बैंक वा वित्तीय संस्था समक्ष बमोजिमको विवरण पेश गर्नु पर्नेछ । विवरण परिवर्तन भएमा वा सञ्चालक हेरफेर भएमा त्यसको सूचना पन्ध्र दिनभित्र राष्ट्र बैंकमा पठाउनु पर्नेछ ।

सञ्चालक समितिले यस ऐन, प्रबन्धपत्र र नियमावलीको अधीनमा रही बैंक वा वित्तीय संस्थाको व्यवस्थापन गर्न एक कार्यकारी प्रमुखको नियुक्ति गर्नु पर्नेछ ।

कार्यकारी प्रमुखको कार्यकाल बढीमा चार वर्षको हुनेछ र निज अर्को एक कार्यकालका लागि पुनः नियुक्ति हुन सक्नेछ । माथी लेखिएको व्यवस्था यो ऐन प्रारम्भ भए पछि मात्र लागू हुनेछ ।

सञ्चालक समितिले कार्यकारी प्रमुखको कार्यसम्पादन सन्तोषजनक नभएमा निजलाई जुनसुकै बखत पदबाट हटाउन सकिनेछ । तर त्यसरी पदबाट हटाउनु अघि निजलाई सफाई पेश गर्ने मनासिब मौका दिनु पर्नेछ ।

कार्यकारी प्रमुखको नियुक्ति गर्दा नियुक्ति गरी त्यस्तो नियुक्ति गरेको सात दिनभित्र राष्ट्र बंैकलाई जानकारी दिनु पर्नेछ 

कुनै बैंक वा वित्तीय संस्थाको कार्यकारी प्रमुख अर्काे कुनै व्यावसायिक संस्थामा कार्यकारी प्रमुख, पदाधिकारी, कर्मचारी वा अन्य कुनै पदमा रही काम गर्न पाउने छैन । तर बैंक वा वित्तीय संस्थाले पूर्वाधार विकास बैंकमा लगानी गरेको अवस्थामा सो विकास बैंकको सञ्चालक हुन यस उपदफाले बाधा पु¥याएको मानिने छैन ।

कार्यकारी प्रमुख आफ्नो कामको निमित्त सञ्चालक समितिप्रति उत्तरदायी हुनेछ ।

बैंक वा वित्तीय संस्थाले आर्थिक वर्ष समाप्त भएको ३ महिना भित्र आफ्नो वासलात÷नाफा नोक्सान विवरणको प्रतिवेदन राष्ट्र बैंक बुझाउनु पर्छ । 

लेखा परिक्षण आर्थिक वर्ष समाप्त भएको ४ महिना भित्र गराउनु पर्छ । 

बैंक वा वित्तीय संस्थाले कारोवार गर्न इजाजत पाएको ६ महिना भित्र कारोवार गरि सक्नु पर्छ । 



नोट : केहि गल्ति फेला परेमा कमेन्ट बक्स मा लेख्न नभुल्नु होला